Health TV Online
Health TV Online
Health TV Online

सर्पदंश उपचार केन्द्र माग

सर्पदंश उपचार केन्द्र माग

झापा : कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्र माग गरेका छन्। सर्पदंशका कारण बर्सेनि धेरैले ज्यान गुमाउन थालेको भन्दै उनीहरूले उपचार केन्द्रको माग गरेका हुन्।

सोमबार यहाँका ६ विद्यालयका सात सय विद्यार्थीले उपचार केन्द्रको माग गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई ज्ञापनपत्र बुझाएका छन्। सर्पदंशबाट दुई महिनायता तीन बालबालिकाले ज्यान गुमाएका छन्।

गाउँपालिकाका अध्यक्ष आलमले उपचार केन्द्रका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको बताए। चाँडै सर्पदंश उपचार केन्द्र स्थापना हुने उनले जानकारी दिए। जिल्लामा चारआली, सुरुंगा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना