Health TV Online
Health TV Online
Health TV Online

ओभरी क्यान्सरविरूद्धकाे ‘वाकाथन’मा मनिषा सहभागी हुने

ओभरी क्यान्सरविरूद्धकाे ‘वाकाथन’मा मनिषा सहभागी हुने

काठमाडौं : क्यान्सर केयर नेपाल र नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले आयोजना गर्न लागेको ‘वाकथन’ कार्यक्रममा बलिउड अभिनेतृ एवं क्यान्सर सर्भाइभर मनिषा कोइराला सहभागी हुने भएकी छिन्।

ओभरी (डिम्बाशय) क्यान्सरमुक्त भएकी मनिषा ८ सेप्टेम्बरमा हुन लागेको वाकथन कार्यक्रमकै लागि आइतबार नेपाल आएकी हुन्। उनले क्यान्सरबाट जोगिन र यसबारे जनचेतना जगाउन सम्पूर्ण महिलाहरुलाई कार्यक्रममा सहभागी हुन भिडियो सन्देशमार्फत आग्रहसमेत गरेकी छिन्।

ओभरी क्यान्सरबाट बच्न नियमित जाँच गर्न जरुरी छ भन्ने सन्देश दिन विश्वभर सेप्टेम्बर महिनालाई ओभरी क्यान्सर सचेतना महिनाको रूपमा मनाइन्छ।

सोहीअनुरुप क्यान्सर केयर नेपालले यो वर्ष ओभरी क्यान्सर जितेकी कोइरालामार्फत सन्देश दिन यही शनिबार जावलाखेलस्थित नेसनल हस्पिटलदेखि पाटन दरबार स्क्वायरसम्म वाकथन कार्यक्रम आयोजना गरेको छ जसमा क्यान्सरबाट जोगिन सचेतना दिने उद्देश्यले सडक नाटकसमेत देखाइने आयोजकले जनाएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा