Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक अान्दोलन एक साताका लागि स्थगन

चिकित्सक अान्दोलन एक साताका लागि स्थगन

काठमाडौं : सरकारसँग सहमति भएसँगै नेपाल चिकित्सक संघले एक साताका लागि आन्दोलन स्थगन गर्ने निर्णय गरेको छ।

सरकारका प्रतिनिधि स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवसँग सोमबार दिनभर भएको वार्ता राति ९ बजे निष्कर्षमा पुगेपछि चिकित्सकहरू तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन गर्न सहमत भएका हुन्।

आगामी सोमबारसम्म पनि मुलुकी अपराध (संहिता) को संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए मंगलबारदेखि पुनः आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिने संघले जनाएको छ।

वार्ताका राज्यमन्त्री यादवले संशोधन प्रस्ताव टेबल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए। ‘राज्यमन्त्रीले संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएपछि सोमबारसम्मका लागि आन्दोलन फिर्ता लिएका हौँ’, चिकित्सक संघका महासचिव डा. लोचन कर्कीले भने, ‘सहमति पालना नभए आगामी मंगलवारदेखि देशव्यापी आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प रहने पूर्वघोषित कार्यक्रम जारी राख्नेछौँ।’

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव देशबाहिर रहेको र आगामी शुक्रबार फर्किने भएकाले पनि सरकारलार्इ सोमबारसम्मको समय दिएको उनले बताए। मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्न माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना