Health TV Online
Health TV Online
Health TV Online

कालिकोटमा तीन महिनामा १६ हजारले गराए स्वास्थ्य बिमा

कालिकोटमा तीन महिनामा १६ हजारले गराए स्वास्थ्य बिमा

कालिकोट : स्वास्थ्य बिमा शुरु भएको तीन महिनामा कालिकोटमा १६ हजार सहभागी भएका छन्। जिल्लामा बिमा कार्यक्रम गत जेठ ११ देखि लागु भएको हो।

गरिबी, भौगोलिक कठिनाइ, नागरिकको चेतनास्तरलगायत चुनौतीका बिच पनि बिमा कार्यक्रम प्रभावकारी भएको कालिकोट जिल्ला स्वास्थ्य बिमा दर्ता अधिकारी ललित जोशीले बताए। ‘जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका विभिन्न वडामा गएर दर्ता सहयोगीहरूले स्वास्थ्य बिमा गरिरहेका छन्,’ उनले भने।

जोशीका अनुसार बिमा गराएकामध्ये ८०० जनाभन्दा बढीले उपचार सेवा लिइसकेका छन्। भौगोलिक विकटता र सबै ठाउँमा स्वास्थ्य क्षेत्रको सहज पहुँच नहुँदा स्वास्थ्य बिमा गर्नेले सेवा लिन समस्या रहेको  स्थानीय बासिन्दाकाे गुनासाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना