उपचार नपाएरै ज्यान जान्छ सर्पदंश पीडितकाे

सुर्खेत : पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया लक्ष्मी शाहीको सर्पको टोकाइबाट शनिबार मृत्यु भयो। त्यस्तै गत साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीया हरिकला उपाध्यायको सर्पकै टोकाइका कारण ज्यान एको थियो।
दुवैको मृत्यु बेलैमा उपचार नपाएकै कारण भएकाे हाे। पञ्चपुरीमा अहिले सर्पदंशका घटना बढेका छन्। बढी मारमा बाढीपीडित परेका छन्। विशेषतः वर्षा याममा एकातिर सर्पले टोक्ने डर अर्कोतिर त्यसले डसेमा सहजै उपचार पाउन नसकिने निराशा उनीहरूमा छाएको स्थानीय खड्ग बाँसपानीले बताए।
पञ्चपुरी नगरपालिकाको सालकोटमा पलाटे प्राथमिक स्वास्थ्य केन्द्र छ। तर उहाँ सर्पदंशकाे उपचार हुँदैन। केन्द्र जटिल खालका र आकस्मिक उपचार सेवा दिनसक्ने अवस्थामा नरहेको उक्त स्वास्थ्य केन्द्रका प्रमुख डा. सन्दीप महतले जानकारी दिए।
‘यहाँको ठूलो समस्या भनेको बत्ती नै हो’, डा महतले भने, ‘बत्ती नभएकै कारण फ्रिज, विभिन्न औषधि, भ्याक्सिन जस्ता महत्त्वपूर्ण औषधि राख्न सकिने अवस्था छैन। फ्रिज नभएकैले एन्टिस्नेक भ्याक्सिन उपलब्ध नभएको हो।’ सामान्यत केही काम सौर्य ऊर्जाबाट चलाउने र भिडियो एक्स–रे को तत्कालीन सेवा प्रवाहका लागि जेनेरेटर सञ्चालनमा ल्याउने गरेको उनले बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने