स्वास्थ्य संस्थामा अाज प्रशासनिक काम बन्द

काठमाडौं : मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीसम्बन्धी व्यवस्था खारेजीको माग गर्दै आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरूले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गरेका छन्।
नेपाल चिकित्सक संघको आह्वानमा अाइतबारदेखि आन्दोलनमा रहेका चिकित्सकहरूले साेमबार स्वास्थ्यसंस्थामा प्रशासनिक काम ठप्प पारेका हुन्। अस्पतालहरूमा बिरामी भर्ना लिनेलगायतका प्रशासनिक काम बन्द छ।
यसैगरी संघले मंगलबार बिरामीको शल्यक्रिया नगर्ने र बुधबार ल्याब टेस्ट नगर्नेलगायत साताव्यापी कार्यक्रम राखेकाे छ।
संघले ऐनको दफामा रहेको परिच्छेद १९ मा रहेको इलाजसम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै संशोधनको माग गरेको छ। एेन संशाेधन नभएसम्म अान्दाेलन जारी रहने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जनाए।
यसअघि अाइतबार चिकित्सकहरू माइतीघर मण्डलाबाट र्याली निकालेर बानेश्वरमा सभा गरेका थिए। अाइतबार नै उनीहरूले अा–अाफ्नाे चिकित्सा प्रमाणपत्र (लाइसेन्स)समेत मेडिकल काउन्सिललाई बुझाएका थिए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा