Health TV Online
Health TV Online
Health TV Online

सर्पदंशका बिरामी बढे

सर्पदंशका बिरामी बढे

सुनसरी : जिल्ला अस्पताल इनरुवामा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। अस्पतालमा चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा.बिना शाक्यले जानकारी दिइन्।

अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जना आएकामा १४ को सफल उपचार भएको र दुईको मृत्यु भएको अस्पतालले जनाएको छ।  समयमा नआएकाले दुई बिरामीकाे मृत्यु भएको जिल्ला अस्पताल इमर्जेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले बताए।

त्यसैगरी अस्पतालमा ५९ स्नेक बाइट नेगेटिभ आएको अस्पतालले जनाएको छ। नेगेटिभ आएका बिरामीको उपचार सफल भएको अस्पतालले जनाएको छ। मौसममा आएको परिवर्तन, वर्षालगायतका कारणले सर्पको बिगबिगी बढेकाले सर्पदंशका बिरामी अस्पतालमा बढेको इन्चार्ज झाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा