Health TV Online
Health TV Online
Health TV Online

डिम्बासय क्यान्सरसम्बन्धी जनचेतना जगाउने महिना

डिम्बासय क्यान्सरसम्बन्धी जनचेतना जगाउने महिना

काठमाडौं : अंग्रेजी पात्रोअनुसार सेप्टेम्बरलाई विश्वभरि नै ‘ओभरी’ अर्थात् डिम्बासय क्यान्सरसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा मनाइन्छ। नेपालमा पनि यो महिना विभिन्न जनचेतामूलक  कार्यक्रम गरी  मनाइन्छ।

विश्वमा क्यान्सरका रोगीहरू बढिरहेको सन्दर्भमा नेपाल पनि यसबाट अछूतो रहन सक्दैन। नेपालमा पनि अरु क्यान्सर जस्तै ओभरी अर्थात् डिम्बासयको क्यान्सर बढिरहेको छ। नेपालमा यो क्यान्सरका बिरामी कति छन् भन्ने एकिन तथ्यांक भने छैन। तर महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरपछि ओभरी क्यान्सर तेस्रो नम्बरमा रहेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन्। ‘विश्वको कुरा गर्ने हो भने ओभरी क्यान्सर पाँचौ नम्बरमा आउँछ’, उनले भने।

लक्षण खासै नदेखाउने भएकाले पनि ओभरीको क्यान्सरका बिरामी ढिला गरी अस्पताल पुग्ने गरेको उनको भनाइ छ। करिब ७० प्रतिशत बिरामी अस्पतालमा जाँचका लागि ढिला पुग्ने कारणले यसका बिरामीको मृत्युदर बढी छ।

यसै त महिलाहरू साना साना लक्षणहरुलाई वास्ता गर्दैनन्। सहेर बस्ने बानी हुन्छ। त्यसले गर्दा पनि शुरुकै अवस्थामा देखिने सामान्य लक्षणलाई बेवास्ता गर्दा उपचारमा ढिला हुन पुग्ने अर्का क्यान्सर रोग विशेषज्ञ डा.मदनकुमार पिया बताउँछन्।

ओभरी क्यान्सरमा शुरुमा सामान्य लक्षणहरु देखा पर्छन्–

–तल्लो पेट दुख्नु

–पेट फुल्लिनु

–खाएको नपच्नु

—कब्जियत हुनु

—खानामा रुचि नहुनु

—महिनावारीमा गडबडी हुनु

यी लक्षणलाई धेरै महिलाले वास्ता गर्दैनन् र  क्यान्सर होला भन्ने सोच्दैनन्। आफूलाई भित्र भित्र क्यान्सर भइसकेको धेरैले थाहा पाउँदैनन्। परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिहरु बढी जोखिममा हुन्छन्। अन्य क्यान्सर भएका महिलाहरुलाई ओभरी क्यान्सर हुने खतरा बढी हुन्छ । सामान्यतया ५० वर्षपछि यसको खतरा हुने भए पनि नेपालमा त्यसैगरी ३० वर्ष पुगे देखि नै महिलाहरु बढी जोखिममा हुन्छन्।

उपचार

ओभरी अर्थात् डिम्बासय क्यान्सरमा साधारणतया दुईवटा उपचार पद्धति मात्र प्रयोग गरिन्छ। ‘केमोथरोपी’ र शल्यक्रिया। रेडियोथेरापीको भने खासै प्रयोग गरिंदैन। तर क्यान्सर धेरै फैलिसेकेको अवस्थामा मात्र यसको प्रयोग गरिन्छ।

बच्ने उपाय

एक लाखमा दुई जनालाई ओभरी क्यान्सर भएको पाइन्छ।  ओभरी क्यान्सर किन हुन्छ भन्ने एकिन त गर्न सकिँदैन तर बेलैमा होशियारी अपनाउने र स्वास्थ्य जाँचमा ध्यान दिँदा समयमै उपचार गरी यसबाट छुटकारा भने पाउन सकिने डा.बरालको भनाइ छ।

यसका लागि केही असामान्य लक्षण देखिएमा चिकित्सककोमा गएर ‘‘अल्ट्रासाउड’ र ‘सीए १२५’ जाँच गरियो भने यसले शुरुमै रोग भए्न\भएको पत्ता लगाउँछ। यदि यसमा परिणाम नकारात्मक देखियो भने चाँडो उपचार र सावधानी अपनाउनु पर्छ। शुरुकै अवस्थामा उपचार गर्नसके ओभरी क्यान्सर पूर्ण रूपमा निको हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा