दुल्लु अस्पतालमा चिकित्सक अभाव

दैलेख : दुल्लु अस्पतालमा चिकित्सकसहितका सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। कहिले चिकित्सक, कहिले औषधि र कहिले खानेपानीको अभावका कारण स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो।
एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन।
विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश पद अहिले पनि रिक्त छन्। दुई नगरपालिका र दुई गाउँपालिकालाई सेवा दिइरहेको अस्पतालमा बिरामीले भनेजस्तो सेवा पाउन सकेका छैनन्। अस्पतालमा चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत जिल्ला अस्पताल दैलेख र सुर्खेतमा सिफारिस गर्नुपर्ने बाध्यता छ।
अहिले उक्त अस्पतालमा कार्यरत डा.लीला देवकोटा अध्ययन बिदामा काठमाडौं र निमित्त प्रमुख डा.लाल गुरुङ पनि एक हप्तामा अध्ययन बिदामा रहेको अहेब खड्गबहादुर शाहीले बताए।
चिकित्सक बिदामा बसेपछि अहिले स्टाफ नर्स र अहेवको भरमा चलिरहेको सो अस्पतालमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्दासैनी नगरपालिका र अछामको तुर्माखादबाट पनि बिरामी उपचारका लागि आउने गर्छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा