Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघद्वारा चिकित्सा शिक्षा विधेयकको स्वागत

चिकित्सक संघद्वारा चिकित्सा शिक्षा विधेयकको स्वागत

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको स्वागत गरेको छ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार विधेयकमाथिको छलफलमा भाग लिँदै संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेका हुन्।

अस्पतालहरूमा राजनीतिक नियुक्ति गर्ने परिपाटी अन्त्य गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्न अध्यक्ष श्रेष्ठले समितिलाई सुझाव दिए। उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि समितिसँग आग्रह गरे।

‘अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण सरकारी अस्पतालहरूको अवस्था नाजुक बनेको हो’, उनले भने।

बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराए। समितिका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सुझाव दिए।

समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दाबी गर्दै असन्तुष्टि जनाए।

‘संवैधानिक व्यवस्था अनुसार नागरिकले चाहेको ठाउँमा अस्पताल खोल्ने पाउने अधिकारलाई चिकित्सकहर”ले अवरोध गर्न हुँदैन’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा