भीभीअार्इपीका लागि ‘हार्इ अलर्ट’मा ‘हेली रेस्क्यु टिम’

काठमाडाैं : बिम्स्टेक सम्मेलनलार्इ लक्ष्य गर्दै सरकारले गठन गरेको स्वास्थ्य उपसमितिले ‘हेली रेस्क्यु टिम’काे जिम्मेवारी मेडिसिटीलार्इ दिएकाे छ। अार्मीकाे हेली रेस्क्यु टिमका साथै मेडिसिटीकाे टिमलार्इ पनि ‘हार्इ अलर्ट’ अवस्थामा रहन भनिएकाे छ।
अस्पतालको हेलिप्याडमा सिम्रिक एयरको हेलिकोप्टर बिम्स्टेक सम्मेलन अवधिभर तयारी अवस्थामा राखिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको संयोजकत्वमा रहेको उपसमितिले सम्मेलनका क्रममा आकस्मिक र आवश्यक उपचार सेवा दिने व्यवस्था मिलाएको छ।
हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, सम्मेलनस्थल र पाहुना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा गरी आकस्मिक सेवा दिने व्यवस्था मिलाएकाे छ।
पाहुनाहरूको उपचारका लागि साेल्टी हाेटलमा वीर अस्पतालका डा. भूपेन्द्रकुमार बस्नेतकाे संयाेजकत्वमा फिल्ड अस्पताल खडा गरिएकाे छ। एम्बुलेन्स व्यवस्थापनकाे जिम्मेवारी त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रदीप वैद्यलार्इ दिइएकाे छ।
विमानस्थल, हाेटल, कार्यक्रम स्थल र विशिष्टहरूकाे भ्रमणस्थलमा एम्बुलेन्स रहनेछन्। विशिष्ट पाहुना रहने साेल्टी र विमानस्थलमा सम्पूर्ण उपकरणसहितकाे ‘लजिस्टिक एम्बुलेन्स’ समेत तयारी अवस्थामा राखिएकाे छ।
भीभीअार्इपीकाे स्वास्थ्य उपचारका लागि बनाइएकाे हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटकाे समन्वय वीर अस्पतालले गर्ने व्यवस्था मिलाइएकाे छ।
स्वास्थ्य उपसमितिले भीभीआर्इपीकाे उपचार व्यवस्थाका लागि ११ लाख २२ हजार १५० रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। सरोकारवालाहरूसँगको बैठक खर्चका रूपमा ६७ हजार ५०० रुपैयाँ र अापतकालीन व्यवस्थापनका लागि छ लाख ६१ हजार रुपैयाँ छुट्याइएको छ। एम्बुलेन्स सेवाका लागि दुई लाख १३ हजार रुपैयाँ छुट्याइएको बताइएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने