Health TV Online
Health TV Online
Health TV Online

बीपी क्यान्सर अस्पताल अब ४७५ शय्याको

बीपी क्यान्सर अस्पताल अब ४७५ शय्याको

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ। तत्कालीन समयमा चीन सरकारको सहयोगमा एसियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो।

हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन्। नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्किनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिनेछ।

नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन्। अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा.आचार्यले बताए।

टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ। हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन्। अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउँछन्।

नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अंगको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन्। ती उपकरण नयाँ खरिद गरिएका हुन्।

अस्पताल २०५७ सालमा १०० शय्याबाट शुरु भएकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा