बिम्स्टेकमा सहभागी हुने ‘भीभीअार्इपी’का लागि यस्ताे छ अाकस्मिक उपचार व्यवस्था

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा आउने विशिष्ट पाहुना (भीभीआईपी)हरूको स्वास्थ्य सुरक्षाका लागि सरकारले विमानस्थलदेखि होटलसम्म चिकित्सकसहित आकस्मिक उपचार कक्षको व्यवस्था गरेको छ।
स्वास्थ्य मन्त्रालयले सचिव पुष्पा चाैधरीको नेतृत्वमा ११ सदस्यीय स्वास्थ्य उपसमिति गठन गरी काठमाडौंका मुख्य अस्पताल तथा भीभीआईपी बस्ने होटलहरूमा आकस्मिक स्वास्थ्योपचारको व्यवस्था मिलाएको हो।
मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलन स्थल र पाहुना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा गरी आकस्मिक सेवा दिने तयारी गरेको छ।
हेलिप्याड र एयर एम्बुलेसन्ससहितको चिकित्सकीय सुविधा तयारी अवस्थामा राखेकाे मन्त्रालयले जानकारी दिएकाे छ। त्रिभुवन विमानस्थलदेखि होटलसम्म चिकित्सकसहित अस्थायी एवं आकस्मिक उपचार कक्षको व्यवस्था गरिएको छ।विमानस्थलमा दुई र सोल्टी क्राउन होलटमा दुईवटा स्वास्थ्य टाेली खटाइएकाे छ। यी स्थानमा ‘क’ श्रेणीका दुर्इ\दुर्इ एम्बुलेन्स पनि राखिएकाे छ।
वीर अस्पतालको भीभीआईपी क्याबिनदेखि केही निजी अस्पतालहरूमा भीभीआईपीको उपचार गर्ने व्यवस्था मिलाइएको छ। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी र सैनिक अस्पताल, काठमाडौं मेडिकल कलेज तथा नर्भिक हस्पिटल र नेपाल मेडिसिटी हस्पिटललगायतमा उपचार गर्ने तय भएकाे छ। यी अस्पतालमा आवश्यक संख्यामा शय्या पनि खाली राखिएकाे छ।
यी अस्पतालमा १३ वटा आइसीएस भेन्टिलेटरसहितको कक्ष १५ वटा आइसोलेसन आकस्मिक कक्ष र नौ वटा भीभीआईपी अवर्जभेसन कक्षकाे व्यवस्था गरिएकाे छ। १३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएकाे मन्त्रालयले जनाएकाे छ।
वीरका सात, पाटनका नाै, वीरेन्द्र अस्पतालका ११, त्रिवि शिक्षण अस्पतालका ११, निजामतीका सात गरी ४५ जना चिकित्सक एवं स्वास्थ्यकर्मीसहितको आकस्मिक मेडिकल परिचालन टोली तयारी अवस्थामा छ । वीर, सैनिक, मेडिसिटी, वयोधा, त्रिवि शिक्षण र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा दिनसक्ने गरी तयारी अवस्थामा रहन निर्देश गरिएकाे छ।
बिम्स्टेक सम्मेलनका क्रम अनुगमनका लागि सचिव चौधरीकै नेतृत्वमा इन्सिडेन्ट ‘कमाण्ड सिष्टम’ गठन भएकाे छ।
बिम्स्टेक सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख\सरकारप्रमुख नेपाल आउँदै छन्। म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे नेपाल अाइसकेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहीबार बिहान आइपुग्नेछन्।
बिम्स्टेक सम्मेलन १४ र १५ गते काठमाडाैंमा हुँदैछ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने