‘माथेमा आयोगको सुझाव कार्यान्वयनमा ल्याऔँ’

काठमाडौं : चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यहरूले चिकित्सा शिक्षा सुधार गर्न माथेमा आयोगले दिएका सुझाव कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनीहरुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुदृढ बनाउन आगामी दिनमा फरक–फरक नीतिले सम्बोधन गर्न सुझाव दिए।
चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमाले प्रतिवेदन चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि र पहुँच पुर्याउन सरकारकाे सहयोगी बन्न सक्ने धारणा राखे। ‘कार्यान्वयन गर्ने वा नगर्ने सरकारको कुरा हो’, उनले भने।
त्यस्तै आयोगका सदस्य प्राध्यापक डाक्टर भगवान् कोइरालाले शिक्षा र स्वास्थ्य राज्यको दायित्वअन्तर्गत ल्याउँदा आगामी दिनमा नयाँ मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिन रोक लगाउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई एउटै ऐनबाट व्यवस्थित गर्न नसकिने बताए। ‘प्रस्तावित चिकित्सा शिक्षा विधेयकले प्रस्ताव गरेको उच्चस्तरीय आयोगले नेपाल मेडिकल काउन्सिलका कामलाई प्रभावित पार्नसक्छ उनकाे तर्क छ।
बैठकमा समिति सदस्यहरूले चिकित्सा शिक्षाको उच्च तहमा तत्काल साझा पाठ्यक्रम बनाउनुपर्ने धारणा राखे।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा