खुल्न थाले एचआर्इभी संक्रमित

रोल्पा : समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन्। सरकारी तथा गैरसरकारी निकायले फैलाएको एचआर्इभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन्।
जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ। हरेक वर्ष दुई÷तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताइन्। हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको संस्थाले जनाएको छ। अघिल्लाे वर्षको माघमा मात्र तीन जना नयाँ संक्रमित थपिएका थिए। संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर छन्।
जिल्लामा रहेका संक्रमितमध्ये ३४ जनामध्ये २० जना महिला छन्। ३२ बालबालिका प्रभावित भएको बताइएको छ। आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जनाले भने समाजको डरले नमानेकाे विकले बताइन्। एचआर्इभी संक्रमणका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै