डा.केसी र सरकारी टोलीबीच वार्ता जारी

काठमाडौः आमरण अनशनरत डा.गोविन्द केसी र सरकारी टोलीबीच पुनः छलफल सुरु भएको छ। शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा डा.केसीको तर्फबाट डा.जीवन क्षेत्री, सुरेन्द्र भण्डारी,डा.अभिषेकराज सिंह, ओमप्रकाश अर्याल र डा.सुमित पाण्डे छन्।
वार्ताका लागि सरकारले यसअघि नै शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। डाक्टर केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता लिनुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो।
यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका हुन्। उनले मंगलबार केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए। यसैगरी उनले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग र केसीको वार्ता टोलीसँग पनि संवाद गरे। नेम्वाङको पहलपछि सरकारी र डाक्टर केसीको वार्ता टोलीबीच औपचारिक संवाद सुरु भएको हो।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा