डा.केसीको माग तत्काल सम्बोधन गर्न देउवाको माग

डा.केसीको माग तत्काल सम्बोधन गर्न देउवाको माग

काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार अपराह्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझेपछि देउवाले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरूको साथ रहने अडान पनि दोहोर्‍याएका हुन्।

सभापति देउवाले सञ्चारकर्मीहरूमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै नआए मान्य नहुने चेतावनी दिए।

सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आह्वान गरेका थिए। प्रमुख प्रतिपक्ष कांग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा