मातृ तथा शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्त्वपूर्ण : प्रा.किरण बज्राचार्य

मिडवाइफले मातृ मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् तर नेपालमा भने भर्खर मात्र यसको चर्चा हुन थालेको छ। विकसित मुलुकमा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो नम्बरमा छन्। हामीकहाँ भने मिडवाइफको महत्त्व नै नबुझिँदा अझै पनि मातृ र शिशु मृत्यदर सोचेअनुरूप घट्न सकिरहेको छैन।
मिडवाइफ अभावमा आमा बन्ने महत्त्वपूर्ण चरणमा जीवन गुमाउनुपर्ने बाध्यताबाट नेपाली महिला मुक्त हुन सकेका छैनन्। यसै सेरोफेरोमा मिडवाइफ्री सोसाइटीका अध्यक्ष प्रा.किरण बज्राचार्यसँग गरिएको कुराकानी–
के हो मिडवाइफ भनेको?
मिडवाइफ भनेको दक्ष प्रसूतिकर्मी हो। उनीहरूले स्वास्थ्य संस्थामा गर्भवतीलाई जाँच गर्ने, आवश्यक परे औषधि दिने, प्रसूति गराउने, गर्भवती र सुत्केरी भइसकेपछिको आहार विहारमा सल्लाह दिने काम गर्छन्। नेपालमा अहिलेसम्म मिडवाइफ छैनन्। नर्सले नै जानी नजानी मिडवाइफको काम गरिरहेका छन्। तालिमप्राप्त मिडवाइफले प्रसव अवस्था र गर्भवास्थामा नम्र भएर महिलाको समग्र हेरचाह गर्छन्।
नर्स र मिडवाइफमा के फरक छ?
नर्सलाई संसारभरि नै चित्किसकको असिस्टेन्टका रूपमा लिइन्छ। चिकित्सकको सल्लाहबमोजिम बिरामीको रेखदेख गर्ने र औषधि दिने काम नर्सको हो। उनीहरु चिकित्सकको सल्लाहविना कुनै पनि सेवा दिन स्वतन्त्र हुँदैनन्। तर मिडवाइफ भने स्वतन्त्र हुन्छन्। उनीहरुले गर्भवती महिलालाई नर्मल डेलिभरीका लागि स्वतन्त्र भएर औषधि दिने, मसाज गरिदिने, झोेल खानेकुरा खान दिने गर्छन्। सबै नर्सले प्रसूतिसम्बन्धी तालिम लिएका हुँदैनन् तर सबै मिडवाइफ दक्ष प्रसूतिकर्मी हुन्।
मिडवाइफले सामान्य प्रसूतिका लागि सम्पूर्ण तालिम लिएकाले अत्यन्त जटिल समस्या आउने भए मात्र चिकित्सककहाँ पठाउँछन्। नेपालमा पहिलो बच्चा जन्माउने ७० प्रतिशत महिलाको नर्मल डेलिभरी हुन्छ भने दोस्रो बच्चा जन्माउने ९० प्रतिशत महिलाले प्राकृतिक रूपमै बच्चा जन्माउन सक्छन्।
मिडवाइफको मुख्य जिम्मेवारी के हो?
मिडवाइफले महिलाको गर्भमा बच्चा आएदेखि जन्मिने बेला सम्मको रेखदेख गर्ने काम गर्छन्। गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन लगाउने, गर्भावस्थामा आउनसक्ने समस्याका बारेमा बेलैमा सचेत गराउने, प्राकृतिक रूपमा नै बच्चा जन्माउन सहयोग गर्ने र सम्मानजनक सुत्केरी गराउने काम मिडवाइफको हो। यसैगरी आमा र बच्चामा जटिलता आउने देखिएमा तुरुन्त चिकित्सकलाई खबर गर्ने काम पनि गर्नुपर्छ।
मिडवाइफ दक्ष प्रसूतिकर्मी भएकाले सामान्य रुपमा सुत्केरी हुनसक्ने महिलाको जिम्मा उनीहरुलाई दिन सके चिकित्सकले जटिल प्रकारका र शल्यक्रिया गर्नुपर्ने महिलालाई मात्र हेरे पुग्छ। यसले एकातिर चिकित्सकको कामको बोझ कम हुन्छ भने अर्कोतिर दक्ष प्रसुतिकर्मीसँग सेवा लिँदा आमा र बच्चाको ज्यान जोखिममा हुने सम्भावना कम हुँदै जान्छ।
नेपालमा याे विषयकाे पढाइ कहाँ कहाँ हुन्छ?
धेरै वर्षको संघर्षपछि नेपालमा मिडवाइफको पढाइ हुन थालेको छ। सन् २००६ मै सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याए पनि पढाइ शुरु हुन भने निकै समय लाग्यो। नेपलमा मिडवाइफको आवश्यकता महसुस गरी नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’ वीर अस्पताल नर्सिङ क्याम्पसले तीन वर्षे र काठमाडौं विश्वविद्यालयले चार वर्षे कोर्ष सञ्चालनमा ल्याएका छन्। उनीहरु अहिले दोस्रो वर्षमा पढिरहेका छन्। पीसीएल नर्सिङ पढेका र प्रसूतिसम्बन्धी तालिम लिएका नर्सले मात्र यो कोर्र्स पढ्न पाउँछन्।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा