Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कुकुरलार्इ सार्वजनिक स्थलमा शाैच नगराउन महानगरपालिकाकाे अाग्रह

कुकुरलार्इ सार्वजनिक स्थलमा शाैच नगराउन महानगरपालिकाकाे अाग्रह

काठमाडौं : काठमाडाैं महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। कामपा सहरी जनस्वास्थ्य महाशाखाले घरपालुवा कुकुरलाई घरको निश्चित ठाउँमा दिसा गराउन अाग्रह  गरेको हो।

महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलिफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने बताए। कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्ने उनले बताए।

एउटा कुकुरको दिसामात्र जथाभावी फाल्दा एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिने बताइन्छ। यस्तो खतरा रोक्न घरपालुवा कुकुरलाई घरमै शौच गराउन कामपाले अनुरोध गरेको हाे। निर्देशन पालना नगरे कडा कारबाही गर्ने पनि महाहानगरपालिकाले जनाएको छ।

यसैगरी, सामुदायिक कुकुर व्यवस्थापन गर्न पनि विशेष अभियान थाल्ने पनि श्रेष्ठले जानकारी दिए। महानगरपालिकामा हाल ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि