कुकुरलार्इ सार्वजनिक स्थलमा शाैच नगराउन महानगरपालिकाकाे अाग्रह

काठमाडौं : काठमाडाैं महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। कामपा सहरी जनस्वास्थ्य महाशाखाले घरपालुवा कुकुरलाई घरको निश्चित ठाउँमा दिसा गराउन अाग्रह गरेको हो।
महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलिफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने बताए। कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्ने उनले बताए।
एउटा कुकुरको दिसामात्र जथाभावी फाल्दा एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिने बताइन्छ। यस्तो खतरा रोक्न घरपालुवा कुकुरलाई घरमै शौच गराउन कामपाले अनुरोध गरेको हाे। निर्देशन पालना नगरे कडा कारबाही गर्ने पनि महाहानगरपालिकाले जनाएको छ।
यसैगरी, सामुदायिक कुकुर व्यवस्थापन गर्न पनि विशेष अभियान थाल्ने पनि श्रेष्ठले जानकारी दिए। महानगरपालिकामा हाल ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा