Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किन च्यापिन्छ ढाडको नसा ? यस्ताे छ उपचार विधि

किन च्यापिन्छ ढाडको नसा ? यस्ताे छ उपचार विधि

विषेशगरी मेरुदण्डको तल्लो भागमा नसा च्यापिने समस्या हुन्छ। मेरुदण्डमा लम्बर स्पाइनमा चार वटा हाड हुन्छन्। त्यहाँ पाँचवटा स्याक्रम स्पाइन पनि हुन्छन् जसलाई एल वान, एल टु, एल थ्री, एल फोर र एल फाइभ एक्स भनिन्छ। एल फोर र एल फाइभ एक्स पनि एल फाइभ एक्स र लम्बर स्पाइनको एच वानको बिच भागमा बढी नसा च्यापिने समस्या आउँछ।

एल फोर र एल फाइभ बिचमा कुसन जस्तो आकारको स्ट्रक्चर हुन्छ, जसलाई ‘डिस्क’ भनिन्छ। यो स्ट्रक्चरको काम दुई वटा हड्डीलाई आपसमा छुन नदिने हो। यो स्ट्रक्चर लचकदार पनि हुन्छ। यसले शरीरलाई सन्तुलनमा राखिराखेको हुन्छ। यसले शरिरलाई चल्न सजिलो बनाउछ। यस्तै डिक्स उमेर बढदै जाँदा खिइन्छ। यसमा भएको पानी सुक्दै जाने समस्या हुन्छ। यसले गर्दा यस्तो डिस्क कमजोर पनि हुन्छ।

यस्तो अवस्थामा बढी सामान पनि उचाल्दा, कम्मरमा बल पर्ने काम गर्दा कमजोर डिस्कले आफ्नो ठाँउ छोडिदिन्छ। यसकारण खुट्टासम्म जाने दायाँ, बायाँ वा दुवैको नसा च्यापिन सक्छ। किनकि, यस्ता स्नायु स्पाइनल कर्डबाट भर्टिब्रा हुँदै निस्किने खुट्टातर्फ जाने गएको हुन्छ जसलाई पोर्लाबस्ट इन्टरभर्टेबल डिस्क पनि भनिन्छ।

अर्को कारण भनेको मेरुदण्डको कडा हड्डीले नै आफ्नो ठाँउ छाड्न सक्छ। जसले गर्दा पनि नसा च्यापिन जान्छ। जसलाई स्पोनडाइलोलिसफसिस भनिन्छ। कम्मरको हड्डी खिइएर गयो भने पनि त्यसको छेउबाट पास भइसकेको नसा च्यापिन सक्छ। त्यस्तै ओलर ब्याक स्पाइनलमा कुनै पनि खालको ट्युमर भएको अवस्थामा पनि नसा च्यापिन सक्छ।

यो समस्याको ‘ग्रेड’ हुन्छ। यस्तो ग्रेड वानदेखि फोरसम्म विभाजन गरिएको हुन्छ। कतातिर र कति ग्रेडमा नसा च्यापिएको छ भन्ने कुराले दुखाइ निर्धारण गर्छ। ग्रेड वानमा मात्र छोएको छ भने कम्मरमा मात्र दुखाइ हुन्छ। ग्रेड टु मा च्यापिएको छ भने कम्मरसँगै खुट्टामा पनि दुखाई हुन्छ। नसा च्यापिएको अवस्थामा खुट्टा लाटो हुने, पोल्ने, लुलो हुनेजस्ता समस्या निम्तिन्छ। र खुट्टा कमजोर भएको पनि अनुभूति हुन्छ। कतिमा खुट्टाको मात्र दुखाइ पनि हुन्छ। जतापट्टिको नसा च्यापिएको छ, त्यतैतिरको खुट्टा दुख्छ।

यसले शरीरलाई सन्तुलनमा राखिराखेको हुन्छ। यसले शरीरलाई चल्न सजिलो बनाउछ। यस्तै डिक्स उमेर बढ्दै जाँदा खिइन्छ। यसमा भएको पानी सुक्दै जाने समस्या हुन्छ। यसले गर्दा यस्तो डिस्क कमजोर पनि हुन्छ।

उपचार विधि

यस्तो समस्यामा अकुपञ्चर उपचार विधि उपयुक्त हुन्छ। चिकित्सकले अप्रेसन गर्नैपर्ने भनेका बिरामीलाई पनि अकुपञ्चर विधिले निको गराएका उदाहरण पनि छन्। यस्ता समस्या भएका बिरामीलाई कम्तीमा १५ दिन अकुपञ्चर गर्नुपर्ने हुन्छ।
नसा च्यापिएमा त्यसको काम असामान्य भएर जान्छ। नसाले जुन काम गर्नु पर्ने हो, त्यो गर्दैन। अकुपञ्चर विधिबाट त्यस्ता नसालाई सामान्य पार्ने काम हुन्छ। र, त्यस्ताे लक्षण हराउँछ।

यस्ता बिरामीलाई इलेक्ट्रो अकुपञ्चर गर्न सकिन्छ। यस्तो अवस्थामा मेसिनको पनि प्रयोग हुन्छ। स्टिमुलेटर मेसिनलाई निडलरमा राखेर चलाइन्छ। कतिपय अवस्थामा सरेको डिस्कलाई योग गराएर पनि सही ठाँउमा ल्याइन्छ। योगले त्यस्ता डिस्कलाई बलियो बनाउने काम पनि गर्छ।

यस्ताे नगर्नुस्

नसा च्यापिने समस्या भएमा सकेसम्म निहुरिन हुँदैन। भारी सामान उचाल्न, साइकल वा माटरसाइकलमा सवार गर्न वा अडेस नलगाई बस्न हुँदैन। मोटरसाइकलको पछाडि बसेर पनि यात्रा गर्नु हुँदैन। यस्ता काम गरे समस्या झनै बढेर जान्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि