प्रखर अस्पतालले ओपीडी सेवा शुरु गर्ने
काठमाडाैं : बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सोमबारदेखि ओपीडी सेवा शुरु गर्ने भएको छ। ओपीडी सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थयकर्मी तथा कर्मचारीको व्यवस्थापन र उपकरण जडान भइसकेकाे अस्पतालका प्रमुख डा. विश्वराम पौडेलले जानकारी दिए।
अस्पताल सेवा सञ्चालनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रमुख डा. पौडेलले सोमबार ओपीडी सेवा सञ्चालन उद्घाटन उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गर्ने जानकारी दिए। सरकारबाट एक सय शय्याको मान्यता पाएको अस्पतालले पहिलो चरणमा भने ५९ शय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ।
क्यान्सरको उपचारका लागि विशिष्टीकृत सेवा दिने उद्देश्यले शुरु भएको अस्पतालमा हाल सम्म ३५ करोड रुपैयाँ खर्च भइसकेको छ। याे अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश ५ र ७ का सर्रवसाधारणलाई क्यान्सर उपचारका लागि काठमाडौं र भरतपुर जानुपर्ने बाध्यता कम हुने बताइएकाे छ।



जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?