डा. देवकाेटालार्इ श्रद्धाञ्जली दिन पुगे उच्चपदस्थदेखि सर्वसाधारणसम्म फाेटाे
हेल्थ टिभी अनलाइन संवाददाता
काठमाडाैं– वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले श्रद्धाञ्जली दिएका छन् । न्यूरो अस्पताल, बाँसबारी पुगेर सर्वसाधारण, नेता र सरकारी उच्च पदस्थ व्यक्तिहरूले स्व. देवकाेटालार्इ श्रद्धाञ्जली दिएका हुन् ।
अस्पताल प्रांगणमा राखिएकाे देवकाेटाकाे पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख कृष्णबहादुर महरा, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठलगायतले श्रद्धाञ्जली दिए। यस्तै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री विष्णु पाैडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पनि देवकाेटालाई श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै डाक्टरहरू केदारनरसिंह केसी, भाेला रिजाल, वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेत, न्याम्सका उपकुलपति गणेश गुरुङ, चिकित्सा शिक्षा अायाेगका अध्यक्ष केदारभक्त माथेमा, प्रा. डा. अर्जुनबहादुर थापालगायतले पनि स्व. देवकाेटालाई श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जलीका क्रममा देवकोटाको शिरमा नेपाली ढाका टोपी लगाइएको थियाे । डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी लगाइएको परिवारका सदस्यले जानकारी दिए ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?