ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिण पूर्वी एशियामै पहिलो राष्ट्र
काठमाडौं,जेठ २९– नेपाल आँखामा लाग्ने ट्रकोमा रोग निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र भएको छ । मंगलवार स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले आँखा रोगमा नेपालले ठूलो फड्को मारेको भन्दै नेपाल ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र भएको बताए ।
विश्व स्वास्थ्य संगठनले ट्रकोमा अब नेपालमा जनस्वास्थ्य समस्या नरहेको भन्दै विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै जेनेभा पुगेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपालमा मोतियाबिन्दु पछि ट्रकोमा अन्धोपन निम्त्याउने दोस्रो कारण बनेको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य