कलेजोलाई यसरी राख्नुस् स्वस्थ
मानव शरीरको महत्त्वपूर्ण अंग हो, कलेजो। यसले रगत शुद्ध पार्नुका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ। यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन बिग्रिन्छ र रोग लाग्छ। त्यसैले कलेजोलाई सधैँ स्वस्थ र सफा राख्नुपर्छ।
विशेषज्ञका अनुसार केही यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ। ती खानेकुरा नियमित खाँदा कलेजो स्वस्थ रहन्छ।
दालचिनी
यसमा ग्लुकोज र फक्टोज हुन्छ। यसले कलेजोलाई स्वस्थ्य राख्न मद्दत गर्छ।
ओखर
ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ। यसले कलेजोमा जम्मा भएको टक्सिन सफा गर्छ।
अदुवा
अदुवामा एन्टी इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ। यसले कलेजोलाई सुन्निन दिँदैन।
बेसार
बेसारमा करक्यूमिन हुन्छ। यसले कलेजोको प्रणालीलाई सही राख्न मद्दत गर्छ ।
कागती
कागतीमा साइट्रिक एसिड हुन्छ। कलेजो स्वस्थ्य राख्न यो निकै उपयोगी हुन्छ।
स्याउ
स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ। यसले कलेजोमा रहेको टक्सिन हटाउँछ।
बन्दागोभी
बन्दामा हुने सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ।
चुकन्दर
यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ।
लसुन
लसुनमा सेलेनियम हुन्छ। यसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न मद्दत गर्छ।
आलुबखडा
आलुबखडामा पाइने एन्टिअक्सिडेन्ट फ्री रेडकल्सले कलेजोलाई रक्षा गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण