यी लक्षण देखिए तुरुन्त जँचाउनुस्, क्षयरोग हुन सक्छ
क्षयरोग अर्थात् टिबी एक प्रकारको सरुवा रोग। यो ‘माइक्रोबेक्टेरियम ट्युबरकुलोसिस’ ब्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो।
कुनै पनि क्षयरोगीको सम्पर्कमा पुग्दा रोग सर्ने जोखिम हुन्छ। अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि क्षयरोगको संक्रमण हुनसक्छ।
दुई हप्ताभन्दा बढी एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु योरोगको सामान्य लक्षण हो। यसबाहेक पनि क्षयरोगका अन्य धेरै लक्षण छन्।
ज्वरो आउनु र रुघाखोकी लाग्नु क्षयरोगको प्रारम्भिक लक्षण हो। क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुन्छ। कमजोरी महशुस हुन थाल्छ।
क्षयरोग लागेका बिरामीलाई राति धेरै पसिना आउँछ। मुख सुक्ने समस्या हुन्छ। खान मन लाग्दैन र तौल कम हुन थाल्छ। क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ। श्वासप्रश्वासमा समस्या हुन्छ।
क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ। कमजोर रोगप्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले जाँच गराइहाल्नुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण