Health TV Online
Health TV Online

महको औषधीय गुण

महको औषधीय गुण

स्वादका दृष्टिले महको जति महत्त्व छ, औषधिको रूपमा पनि यसको विशिष्ट महत्त्व छ।

महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। यसमा एन्टिसेप्टिक, एन्टिबायोटिक, भिटामिन बी१ र बी६ भरपूर हुन्छ। स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ।

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएर पिउँदा स्वास्थ्य राम्रो हुन्छ। दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन। यसमा एन्टिमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरिया नष्ट पार्छ।

महमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ। व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन।

महले रगतमा ‘पोलिफोनिक एन्टीअक्सिडेन्ट’को स्तर बढाउँछ जसले गर्दा मुटुरोगबाट बचाउँछ। महबाट ‘सेरोटोनिन’ रसायन निस्किने भएकाले ‘मूड’ राम्रो बनाउन मद्दत गर्छ। शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ।

अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खाँदा राम्रो निद्रा लाग्छ। दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ।

महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ। राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी खर्च हुन्छ।

महले छालाका लागि प्राकृतिक ‘मोइस्चराइजर’को काम गर्छ। यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ। सौन्दर्यका लागि पनि यसको विशेष महत्त्व छ।

थप समाचार