Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के धेरै नुन सेवनले ताैल बढ्छ?

के धेरै नुन सेवनले ताैल बढ्छ?

हामी अधिकांश नेपालीलाई नुनिलो खानेकुरा मन पर्छ। घरमा खाइने दाल, तरकारी र अचारमा नुनको मात्रा त हुन्छ नै बाहिर पनि हामी नुन बढी भएका खानेकुरा खान रुचाउँछौँ। धेरै नुन खाँदा हुने अन्य बेफाइदा त छँदैछ, यसले मानिसको तौल पनि बढाउँछ। तर कसरी?

चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरामा सोडियमको मात्रा उच्च हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ। पकाउन सजिलो तथा सजिलै उपलब्ध हुने भएकोले यस्ता खानेकुरा मानिसहरूको रोजाइमा पर्छ।

सोडियमले भोक मात्र जगाउँदैन, खाने क्षमता पनि बढाउँछ। सोडियमकै कारण मानिसलाई छिटो छिटो प्यास लाग्छ। सन् २०१५ मा गरिएको एक अध्ययनले समेत उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च वजन हुनुका साथै कम्मर ठूलो हुने देखाएको छ। त्यसबाहेकका अन्य अध्ययनहरुले समेत सोडियमको उच्च खपत र वजनबीच गहिरो सम्बन्ध रहेको देखाएको छ।

अत्यधिक मात्रामा नुनको सेवनले शरीरमा पानीको मात्रा बढी हुन्छ, जसका कारण शरीरमा वजन बढ्छ। उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउँछ, जसका कारण शरीरको वजन स्वतः बढ्छ।

त्यसबाहेक, उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च रक्तचापको समस्या त निम्तिन्छ नै। यसले पनि के प्रमाणित गर्छ भने उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा पानीको मात्रा जम्मा भई शरीरमा पानीको मात्रा बढाएर उच्च रक्तचापको समस्या निम्त्याउँछ।

कसरी नियन्त्रण गर्ने त?

यसका लागि सोडियमयुक्त खानेकुरालाई पूर्ण रूपमा बन्देज गर्न जरुरी छैन । खानामा ध्यान दिएर तथा प्रोसेस्ड गरिएको खानेकुरा तथा जंकफुड सेवन कम गरेर पनि सोडियमको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ। उच्च सोडियमयुक्त खानेकुराको सेवन कम गरेर पनि हाई क्यालोरी जंकफुडको सेवनमा समेत कमी ल्याउन सकिन्छ। यसले रक्तचाप कम हुनुका साथै तौल समेत नियन्त्रित हुन्छ।

थप समाचार