Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण कहिले नियन्त्रणमा आउला?

कोरोना भाइरस संक्रमण कहिले नियन्त्रणमा आउला?

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले ‘निकै छिटो’ हुने बताएको छ।

‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।

यसअघि चीनले कोरोनाभाइरस संक्रमण देखा पर्नेको संख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो।

भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४४ हजार ६०० संक्रमित भइसकेका छन्।

सक्षम

चिनियाँ अधिकारीहरूले गत साता हरेक दिन थप संक्रमितहरूको संख्या करिब ४ हजारसम्म पुगेको जनाएका थिए।

चीनभन्दा बाहिर भेटिएका ४४१ घटनामध्ये आठवटा बाहेक सबै संक्रमण कसरी सुरु भएको थियो भन्ने पत्ता लगाउन विश्व स्वास्थ्य संगठन सक्षम भएको त्यहाँभित्र स्वास्थ्य संकटको मामिला हेर्ने निकायका प्रमुख माइकल रायनले बताए।

भाइरस पहिलोपटक देखापरेको हुबे प्रान्तबाहिर संक्रमणको गतिमा कमी आएको र नयाँ सङ्क्रमितको संख्यामा पनि कमी आएकोले यो आश्वस्त पार्ने विषय भएको उनले बताए। ‘चीनमा बृहत् जनस्वास्थ्य अभियान सञ्चालन गरिएकोले यो भएको हो’, उनले भने।

तर उनले थपे, ‘मलाई लाग्छ अहिले नै यो संक्रमणको सुरु र अन्त्य अनुमान गर्नु निकै छिटो हुनेछ।’

अन्तर्राष्ट्रिय ऐक्यबद्धता

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम जुटाइएको बताइन्। ‘मलाई लाग्छ हामीले खोप पत्ता लगाउँछौँ’, उनले भनिन्, ‘यसका लागि केही समय लाग्छ। रातारात खोप बनाउन सकिँदैन।’

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले एउटा अमेरिकी क्रुज वेस्टरड्यामलाई आउन अनुमति दिएकोमा क्याम्बोडियाको प्रशंसा गरेका छन्।

यसअघि उक्त क्रुजमा कोही बिरामी नभए पनि जापान, थाइल्याण्ड र ताइवानले आउन नदिएपछि बन्दरगाहबाटै फर्काइएको थियो। ‘यो हामीले निरन्तर रूपमा भनिरहेको अन्तर्राष्ट्रिय ऐक्यबद्धताको उदाहरण हो’, उनले भने।

बीबीसी नेपालीबाट

थप समाचार