के हो क्वारेन्टाइन?
चीनमा कोरोना भाइरसको संक्रमण प्रकोपका रूपमा फैलिएपछि सञ्चारमाध्यममा ‘क्वारेन्टाइन’ शब्द व्यापक रूपमा प्रयोग भएको देखिन्छ।
चीनको वुहान आसपास रहेका १८० नेपालीलाई कहिले ल्याउने भन्ने टुंगो नलागे पनि सरकारले चार ठाउँ क्वारेन्टाइन तोकेको छ।
शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको आवासीय भवन, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइन तोकिएको छ।
के हो क्वारेन्टाइन?
क्वारेन्टाइन शब्द सरुवारोग नियन्त्रणसँग सम्बन्धित छ।
इन्साइक्लाेपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टाइन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्गै सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ।
स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित संक्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुनसक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारेन्टाइन भनिन्छ।
सरुवा रोग संक्रमण र त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारेन्टाइनमा राखिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य