जाडोमा तामा खाँदा हुने फाइदा
विदेशमा बाँसको तामा ‘बेम्बो शुट’को नामले चिनिन्छ। जापान र चीनलगायत मुलुकको पनि लोकप्रिय खानेकुरा हो तामा। अन्य मुलुकमा बाँसको तामाका धेरै परिकार बनाइन्छ।
नेपालमा भने आलु बोडी तामाको तरकारी खाने चलन छ। तामालाई भाँडामा खाँदेर अचार बनाएर खाने पनि चलन छ। जाडोमा तामाको रस खाँदा न्यानो हुन्छ। तामामा धेरै औषधीय गुण छन्। तामा खाँदा हुने फाइदा–
बाँसको तामाले मुटुरोग, रक्तचाप, अत्यधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्या नियन्त्रण गर्न प्रभावकारी हुन्छ।
बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्त कम हुन्छ। यसकारण मधुमेह रोगीको लागि पनि यो फाइदाजनक छ।
पाचन प्रकियामा भएका समस्या पनि तामाले हटाउँछ। नियमित रूपमा खाँदा पिसाबमा संक्रमण भएका बिरामीलाई फाइदा पुग्छ।
यसले ग्यास्ट्रिक र अल्सरका बिरामीलाई समेत तामाले फाइदा गर्छ। नियमित सेवनले क्यान्सरको सम्भावना कम गर्छ।
बाँसको तामामा कम क्यालोरी हुन्छ। तौल घटाउन चाहनेहरूका लागि पनि यसले फाइदा पुर्याउँछ।
श्वासप्रश्वासको समस्याबाट ग्रसित बिरामीलाई नियमित तामा सेवनले ठूलो राहत मिल्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण