हृदयाघात र मस्तिष्काघातबाट बच्न चाहनुहुन्छ? खानुस् रेसायुक्त खानेकुरा
फाइबरयुक्त अर्थात् रेसायुक्त आहार बिरुवाबाट पाइने खानेकुरा अन्न, गेडागुडी र फलफूल आदिमा बढी पाइन्छ। रेसायुक्त खानेकुराले मुटुरोग, क्यान्सर र पाचन प्रणालीमा आउने समस्यालाई टाढा राख्छ। यस्तो खानेकुराले कोलेस्ट्रोल, रक्तचाप र मोटोपनालाई नियन्त्रणमा राखी ती रोगहरूबाट बचाउँछ।
न्युजिल्याण्डमा केही समयअघि गरिएको एक अध्ययनका अनुसार रेसायुक्त खानेकुरा खाने व्यक्ति नखाने भन्दा हृदयाघात, मस्तिष्काघात र क्यान्सर जस्ता रोग लाग्नेमा कम जोखिममा हुन्छन्। यो अध्ययन ‘युनिभर्सिटी अफ ओटागो, न्युजिल्यान्ड’का अध्ययनकर्ता एन्ड्रिउ रेनल्डसले गरेका हुन्।
अध्ययनका अनुसार रेसायुक्त खानेकुरा खाने व्यक्तिहरू मृत्यु र दीर्घकालीन रोगको १५ देखि ३० प्रतिशतले कम जोखिममा रहन्छन्। यस्तो खानेकुरा सेवन गर्दा ३० प्रतिशतले हृदयाघात र मस्तिष्काघात, १६ प्रतिशतले ‘टाइप-२’ मधुमेह र ३० प्रतिशतले हृदयरोगको संक्रमणबाट हुने मृत्युको जोखिम कम गर्छ।
विश्वभर प्रतिव्यक्तिले दिनको २० ग्राम रेसायुक्त खानेकुरा खाने गरेको पाइन्छ। अध्ययनका अनुसार यी रोगको जोखिमबाट बच्न कम्तीमा २५ देखि २९ ग्राम रेसायुक्त खानेकुरा खान जरुरी हुन्छ भने बढी खाँदा अझ फाइदा हुन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’