Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किन आवश्यक छ शरीरलाई मिनरल्स?

किन आवश्यक छ शरीरलाई मिनरल्स?

हाम्रो शरीर स्वस्थ राख्न मिनरल्स पनि उत्तिकै आवश्यक छ। मिनरल्सले हड्डी बलियो बनाउनुका साथै मांसपेशीलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ।

शरीरमा मिनरल्सको पूर्ति भएमा हर्मोनले प्रभावकारी ढंगले काम गर्न सक्छ। मांसपेशीको संकुचन नियन्त्रण गर्न तथा शरीरमा एसिडको मात्रा सन्तुलन कायम गर्न पनि मिनरल्सको ठूलो भूमिका हुन्छ।

मिनरल्सकै कारण शरीरको तरल पदार्थ सञ्चालित हुन्छ। यसले उच्च रक्तचाप, हृदयको गति, नाडीको गति नियमित राख्छ। पोटासियम नामक मिनरल्सको कमी भए मांसपेशी कमजोर हुने तथा वाकवाकी समस्या आउँछ। दाल, केरा, दूध र माछा यसको राम्रो स्रोत हाे।

म्याग्नेसियमले रगतमा चिनीको मात्रा परिवर्तित गर्न, रक्तचाप तथा हृदयगति ठीक राख्न मद्दत गर्छ। यसले क्याल्सियमसित मिलेर काम गर्छ। म्याग्नेसियम कम भएमा माइग्रेन, डिप्रेसन तथा मांसपेशी बाउँडिने जस्ता समस्या निम्तिन सक्छ। म्याग्नेसियमका लागि हरियो साजसब्जी, बदाम, होल ग्रेन र केराजस्ता खाद्यपदार्थ खानुपर्छ।

फोस्फोरस हड्डीमा क्याल्सियम फोस्फेटको रूपमा जम्मा हुन्छ। दाँत तथा हड्डी स्वास्थ्यका लागि यो निकै जरुरी छ। यसको कमीले जोर्नी अररो हुने, थकान महशुस र हड्डीमा पीडा हुने समस्या हुन्छ। फोस्फोरस दाल,  दूध, चीज, अंकुरित गेडागुडी, मासु र माछाबाट पाउन सकिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन जिंक निकै अवश्यक छ। यसले कपाल, छाला तथा नङलाई पोषण प्रदान गर्छ। जिंक कमी भएमा छिटो रुघाखोकी लाग्ने समस्या आउँछ।

शरीरमा प्रोटिनको निर्माणको लागि सल्फर आवश्यक छ। सल्फर एक एन्टी एजिङ तत्व हो। सल्फरले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ। यसले प्रदूषण र घामबाट छालालाई सुरक्षा गर्छ। ओखर, बन्दा, दूधजन्य पदार्थ, बदाम, र माछा प्रोटिनको राम्रो स्रोत मानिन्छ।

पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट मिनरल्स आवश्यक हुन्छ। यसको कमीले आँखा कमजोर हुने, चक्कर लाग्ने र स्मरणशक्ति कमजोर हुनेजस्ता  समस्या निम्तिन्छ। यो समस्या कम गर्न दूध तथा रातो मासु महत्त्वपूर्ण मानिन्छ।

थप समाचार