सुत्केरीले कस्ताे गर्ने खानपान?
बच्चा जन्माइसकेपछि महिलालाई पोषणयुक्त र सन्तुलित खाना आवश्यक पर्छ। यो वेला सुत्केरीले भिटामिन, क्यालोरी एंव प्रोटिनयुक्त खाना खानुपर्छ। सही खानपानलाई शक्ति मिल्छ, स्वस्थ रहन सहयाेग गर्छ।
प्रसवपछि शरीरमा पानीको मात्रा कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी र फलफूलको रस पिउनुपर्छ। दिनभरमा १० ग्लासभन्दा बढी पानी पिउनुपर्छ। यसबाट शरीरमा भएको विषालु पदार्थ र फ्याट बाहिर निस्कन्छ।
खानामा गहुँ, अन्न, दालको सेवनले आमा र बच्चा दुवैलाई पोषण मिल्छ। खानामा माछामासु, माछा र उसिनेको अण्डा समावेश गर्नुपर्छ। यस्तो अवस्थामा शरीरलाई अधिक पोषणको आवश्यकता पर्छ। दुग्धजन्य पदार्थको प्रयोग राम्रो मानिन्छ। तागतका लागि ड्राई फ्रुट्स पनि खान सकिन्छ।
डेलिभरी पछि शरीर कमजोर भएको हुन्छ। त्यसबाट बच्न घिउ सेवन प्रभावकारी हुन्छ। थोरै मात्रामा सेवन गरेमा शक्ति मिल्छ भने धेरै खाए फ्याट बढ्छ। फाइबरयुक्त खानेकुरा प्रशस्त खानुपर्छ। यसले तौल नियन्त्रण गर्न सघाउ पुर्याउँछ। राति हल्का खाना खानुपर्छ, रातको खानामा सुप, हरियो सागसब्जी लाभदायक हुन्छ।
उचित खानपानकाे साथमा व्यायाम र पर्याप्त निद्राको पनि आवश्यक पर्छ।सन्तुलित आहारसँगै नियमित रूपमा व्यायाम पनि गर्नुपर्छ। व्यायामबाट अनिद्रा र तनावमुक्त भइन्छ।
प्रतीकात्मक तस्विर





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण