Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भावस्थामा लाे ब्लड प्रेसर र उपचार

गर्भावस्थामा लाे ब्लड प्रेसर र उपचार

गर्भावस्थामा रक्तचाप न्यून अर्थात् ब्लड प्रेसर लो आम समया हो। सामान्यतया गर्भवती हुँदा दोस्रो तथा तेस्रो तीन महिनामा यस्तो समस्या देखा पर्छ। यस्तो समस्यालाई ‘हाइपोटेन्सन’ भनिन्छ। गर्भावस्थामा हुने लो ब्लड प्रेसरका कारण गर्भवतीलाई डर लाग्ने, मुटु काम्नेजस्ता समस्या हुन्छन्।

गर्भावस्थामा ब्लड प्रेसर लो हुनुका कारण

गर्भवतीको ब्लड प्रेसर उनीहरूकाे दिनचर्या, ऊर्जाको स्तर तथा तनावमा निर्भर गर्छ । सामान्यतया गर्भावस्थाको सुरुवाती २४ हप्तासम्म प्रायः गर्भवती महिलाको ब्लड प्रेसर कम हुन्छ। लामो समयसम्म तातोपानीले नुहाएमा पनि महिलाहरूको ब्लड प्रेसर कम हुन्छ। लाे ब्लडप्रेसरका अन्य धेरै कारणहरू छन्–

धेरै बेरसम्म आराम गर्नु

शरीरमा पानीको कमी

कुपोषण

आन्तरिक रक्तस्राव

रक्तअल्पता

मुटुकाे समस्या

हर्मोनमा गडबडी

रोगको संक्रमण

विभिन्न किसिमको औषधि सेवनका कारण पनि गर्भवती महिलालाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ । गर्भावस्थाको शुरुवातमा ब्लडप्रेसर कम भएमा ‘एक्टोपिक प्रेग्नेन्सी’ हुने सम्भावना हुन्छ।

गर्भावस्थामा ब्लड प्रेसर भएमा यस्ता लक्षण देखिन्छन्–

दिनभर थकान महसुस हुनु

रिंगटा लाग्नु, डर लाग्नु

सास लिन समस्या हुनु

लगातार प्यास लाग्नु

जाडो लाग्नु

अनुहार पहेँलो तथा चिल्लो हुनु

आँखा धमिलो हुनु

डिप्रेसन

गर्भावस्थामा महिलाहरूलाई माथि उल्लेख गरिएका कुनै पनि समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

उपचार विधि

गर्भावस्थामा हुने रक्तचाप सम्बन्धी समस्यालाई औषधि खाएर निको पार्न सकिन्छ। गर्भावस्थाको पहिल्लो महिनामा अधिकांश गर्भवतीको रक्तचाप आफैँ नियन्त्रणमा आउँछ। बारम्बार यो समस्या आएमा भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

रक्तअल्पता वा हर्मोनको गडबडीका कारण रक्तचाप न्यून भएपहिले यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। लाे ब्लड प्रेसरकाे समस्याबाट बच्न आराम गर्ने, आहारमा विशेष ध्यान दिने, हल्का कपडा लगाउने र पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ।

एजेन्सीकाे सहयाेगमा 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार