तरूल : स्वास्थ्यका लागि अत्यन्त उपयाेगी
तरुलको उपयोग हाम्रो भान्सामा उसिनेर खान र तरकारीको रूपमा प्रयाेग हुन्छ। संस्कृतिका दृष्टि माघे संक्रान्तिका दिन नखाई नहुने कन्दमूल हो यो। तरुल तरकारी वा खाजा मात्र होइन यो औषधि पनि हो।
तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी ६, भिटामिन बी १, फोलिक एसिडका साथै पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम र फोस्फोरस जस्ता पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ।
तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ। तरुल नियमित खाँदा बाथरोग भएकालाई निकै फाइदा पुग्छ। यसमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले शरीरमा क्यान्सरप्रतिरोधीको काम गर्छ। यो क्यान्सरको कारक तत्त्वको रूपमा रहेका ‘फ्री रेडिकल्स’सँग लड्छ।
तरुल नियमित खाँदा कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट मुक्ति मिल्छ। यसको नियमित सेवनले स्मरण क्षमता वृद्धि हुन्छ। तरुलमा पाइने ‘ओमेगा थ्री’ले रक्तसञ्चारलाई नियमित गराउँछ र धमनीहरू बन्द हुने समस्या दूर गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण