स्वास्थ्यकाे दृष्टिले खिचडी
नेपाली समाजमा माघे संक्रान्तिका दिन अन्य खाद्यपदार्थका साथै खिचडी खाने परम्परा छ। विशेषगरी स्थानीय दाल, चामल र घिउबाट बन्छ खिचडी। बेसार, अदुवा र स्वादअनुसार नुन हालेपछि खिचडी बन्छ। त्यसो त स्वादमा विविधता थप्न साग, आलु, गोलभेडाजस्ता तरकारी मिसाएर पनि खिचडी बनाउन सकिन्छ।
पोषण र स्वास्थ्यका दृष्टिले खिचडी अत्यन्तै लाभदायक खानेकुरा हो। माघेसंक्रान्ति मात्र होइन जाडोभरको उत्कृट खाना हो खिचडी। यसले शरीरलाई न्यानो बनाउँछ र उर्जाशील बनाउँछ। यसमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, म्याग्नेसियम र फाइबरजस्ता पदार्थ पाइन्छ।
नरम किसिमको खानेकुरा भएकोले यो पचाउन सजिलो हुन्छ। पोषण तत्त्वयुक्त हुने भएकोले यसले शरीरमा रोगप्रतिरोधी क्षमतालाई मजबुत बनाउन सहयोग गर्छ । पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक हुन्छ।
बढ्ने उमेरका नानीबाबुलाई अन्य खाजाको सट्टा खिचडी ख्वाउनु प्रभावकारी मानिन्छ। बिरामी भएका मानिसलाई खुवाउँदा चाँडो तागत आउँछ।
एजेन्सीकाे सहयाेगमा





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड