कसले कति घण्टा सुत्ने?
निद्रा नपुग्दा दैनन्दिन प्रभावित हुनु त स्वाभाविकै हो, यसले दीर्घकालसम्म असर पुर्याउँछ। अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेसन, चिन्ता र आत्महत्याको सम्बन्ध निद्रासँग रहेको अनुसन्धानहरूले देखाएका छन्। त्यसैले मानिसलाई पर्याप्त निद्रा आवश्यक छ। पर्याप्त निद्रा भनेको कति घण्टा सुत्ने भन्ने सबैको चासोको विषय हो।
मानिसलाई एक दिनमा सामान्यतया ७–८ घण्टाको निन्द्रा आवश्यक हुने बताइन्छ।
साना बच्चालाई शारीरिक विकासका लागि दिनमा १२ देखि १५ घन्टाको निद्रा आवश्यक हुन्छ। ७ वर्षदेखि १३ वर्षसम्मका बच्चाका लागि ९ देखि ११ घण्टाकाे निद्रा आवश्यक हुन्छ ।
यसैगरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निद्रा राम्रो हुने चिकित्सक बताउँछन्।
वयस्क मानिसले ६ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ। ६ घण्टाभन्दा कम सुत्नाले स्वास्थ्यलाई गम्भीर असर गर्छ।
त्यस्तै ६० वर्षभन्दा धेरै उमेरका मानिसले सामान्यभन्दा धेरै घण्टा सुत्न आवश्यक छ। थकान वा मानसिक तनाव भगाउन याे उमेरका मानिस १० देखि १२ घण्टा निदाउन सक्छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य