बच्चाकाे शारीरिक तथा मानसिक विकासका लागि मसाज
नेपाली समाजमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। यसले बच्चाको शारीरिक विकासमा मात्र होइन मानसिक फाइदा गर्छ। जब आमाले कोमलतापूर्वक मसाज गर्छिन्, त्यसले बच्चालाई सुखद अनुभूति गराउँछ। साथै सुरक्षाको महशुस पनि गराउँछ। बच्चालाई
मसाज गर्नुका यी हुन् फाइदा
मसाज गर्दा बच्चालाई आराम र खुशी मिल्छ। यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ।
मसाज राम्रो व्यायाम पनि हो। राम्ररी निन्द्रा लाग्छ। उनीहरू स्फूर्ति महशुस गर्छन्।
नियमित रूपले मसाज गर्दा रोग लाग्ने सम्भावना कम हुन्छ। उनीहरू स्वस्थ्य, बलिया हुन्छन्। शरीरको विकास पनि सहज ढंगले हुन्छ।
बच्चाको पेटमा ग्यास, पाचन क्रिया कमजोर हुने र निन्द्रा नलाग्नेजस्ता समस्या मसाजले हट्छ।
मसाजअघि ध्यान दिनुपर्ने कुरा
बच्चाले दूध पिएको वा पेट भरिएको अवस्था छ भने तुरुन्तै मसाज गरिदिनुहुँदैन।
तीनचार महिनाको बच्चालाई नुहाइदिनुअघि सबै अंगमा बेबी आयलले मसाज गर्नुपर्छ। यसपछि चिसो मौसममा तातोपानी, गर्मीमा सामान्य पानीले नुहाइदिनुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य