थोरै खाए औषधि, धेरै खाए विष
आयुर्वेदमा भनिएको छ, खानेकुरा त्यति नै खानुपर्छ, जति हाम्रो शरीरलाई आवश्यक हुन्छ। मात्रा र समय मिलाउन नजान्दा हामीले खाएको खाना शरीरमा रोगको कारक बनिदिन्छ। अझ केही खानेकुरा यस्ता छन्, जो थोरै खाँदा अमृतसमान हुन्छन्, धेरै खाए विष।
दूध
गाईभैँसीको दूध मानव शरीरका लागि ज्यादै पोषिलो मानिन्छ। यसमा क्याल्सियम, भिटामिन डी जस्ता पौष्टिक तत्त्व पाइन्छ। तर, धेरै मात्रामा पिउँदा यसले हड्डी कमजोर बनाउँछ।
केरा
बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मन पर्ने केरा अत्यन्त लाभदायी फल हो। यसमा फाइबर, पोटासियम, मिनरल्स जस्ता तत्त्व पाइन्छ। तर, यसको सेवन अधिक मात्रामा गरियो भने शरीरमा पोटासियमको मात्रा बढ्छ। यसबाट हाइपरक्यालेमिया, स्नायु वा मुटुसम्बन्धी समस्या आउन सक्छ।
गोलभेँडा
अचार र सलादका रूपमा गोलभेँडा धेरै प्रयोग हुन्छ। यसले तरकारीमा रंग र स्वाद दुवै बढाउँछ। गोलभेँडामा भिटामिन, मिनरल्स, पोटोसियम, म्याग्नेसियम, भिटामिन सी र के पाइन्छ। तर, यो अधिक मात्रामा सेवन गरियो भने प्याङ्क्रियाजसँग जोडिएको समस्या आउन सक्छ।
नरिवल पानी
नरिवल पानी हामीकहाँ पनि खाने चलन छ। यो भिटामिन र न्यूट्रीयन्ट्सको राम्रो स्रोत हो। यो सन्तुलित वा कम मात्रामा सेवन गर्दा फाइदाजनक हुन्छ। तर, अधिक मात्रामा पिइयो भने यस सुगर, पोटासियम लेभल बढाउन सक्छ। साथै तौल पनि बढाउन सक्छ।
रातो मासु
रातो मासु भिटामिन ए, बी, कपर र आइरनको स्रोत हो। तर, योधेरै मात्रामा सेवन गर्दा न्यूरोलोजिकल परिवर्तन, हड्डी कमजोर हुने जस्ता समस्या हुनसक्छ। रातो मासु अत्यधिक खाँदा क्यान्सरको सम्भावना हुन्छ।
समुद्री माछा
यसमा फ्याटी एसिट, प्रोटिन र ओमेगा थ्री अधिक मात्रामा पाइन्छ। यसैले यो स्वास्थ्यका लागि फाइदाजनक छ। यसमा हुने मेथिल मर्करीले स्वास्थ्यलाई बेफाइदा गर्छ। त्यसैले यो धेरै खान हुँदैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य