जाडोमा उपयोगी तरकारी
जाडोयाममा शरीरलाई चिसोबाट कसरी बचाउने भन्ने सबैको ध्येय हुन्छ। यससँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा ध्यान दिनुपर्छ । यो समयमा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी खान सके चिसोबाट बच्न सकिन्छ । जाडोयाममा उपयोगी केही तरकारी
रायो
रायो स्वाद र स्वास्थ्य दुवै दृष्टिले एकदमै उपयोगी मानिन्छ । भिटामिन सीको राम्रो स्रोत भएकाले रायोको साग नियमित सेवन गर्दा रुघाखोकी लाग्दैन । यसमा पाइने भिटामिन एले बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ। यसले जाडोमा हड्डी दुख्ने समस्याबाट समेत राहत दिन्छ ।
मेथी
चिसोमा विभिन्न संक्रमणबाट बच्न मेथीको साग स्वस्थकर मानिन्छ। मेथीमा हुने एमिनो एसिडले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । मेथी नियमित खाँदा रक्तचाप नियन्त्रण हुन्छ। त्यस्तै, मेथीको सागमा पाइने गेलोप्टोमाइनन नामक तत्त्वले मुटुलाई स्वस्थ राख्नुका साथै कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ ।
गोलभेँडा
भिटामिन ए र सी प्रचूर मात्रामा पाइने स्वादका लागि मात्र नभई गोलभेँडा स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोमा स्वास्थ्यमा लागि थप लाभदायी मानिन्छ । जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग तथा छाला सुक्खा हुने समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने लाइकोपिनले शरीरमा बोसो कम गराउँछ।
तामा
जाडोमा बाँसको कलिलो मुनाबाट बनेको तामाको सुप स्वास्थ्यका लागि एकदमै लाभदायी हुन्छ। तामाले उच्च रक्तचाप, मुटुरोग, अत्यधिक कालेस्ट्रोलजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । तामामा कार्बोहाइड्रेट र फलामको मात्रा एकदमै कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीलाई ज्यादै उपयोगी हुन्छ।
ब्रोकाउली
ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न पनि सहयोग गर्छ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त हुन्छ। यसैगरी ब्रोकाउलीमा भएका तत्त्वका कारण मस्तिष्कको क्रियाशीलतामा कमी आउने क्रम कम हुन्छ।
ब्रोकाउली भिटामिन ‘के’ र ‘सी’को राम्रो स्रोत हो। ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ। यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्त्व उत्पादनमा सहयोग गर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’