सबेरै पानी पिउनुका फाइदा
स्वास्थ्यका लागि पर्याप्त पानी पिउनु आवश्यक छ भन्ने सबैलाई थाहा छ। तर उठ्नेवित्तिकै पानी पिउनुको फाइदा धेरैलाई थाहा छैन। एकाबिहानै दुई वा ती ग्लास पिउने बानी स्वास्थ्यका लागि ज्यादै राम्रो हो। सबेरै पानी पिउनुका यस्ता फाइदा छन्–
पेट सफा राख्छ
बिहान खाली पेटमा पानी पिउँदा पेट सफा हुन्छ। शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ। कब्जियत समस्या भएकालाई पनि बिहान सबेरै पानी पिउनु फाइदाजनक छ।
छाला चम्किलो बनाउँछ
बिहान सबेरै पानी पिउँदा रगत सफा गराउँछ। यसले छालासम्बन्धी समस्या दूर गर्छ। छालालाई चम्किलो बनाउन पर्याप्त पानी पिउनु जरूरी छ।
मोटोपन घटाउँछ
बिहान खाली पेट पानी पिउँदा शरीरको ‘मेटाबोलिज्म’ बढ्छ। यसले अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।
रोग हटाउँछ
खाली पेट पानी पिउँदा मिर्गौलासम्बन्धी समस्या, टाउको दुखाइ, पेटमा ग्यास भरिने समस्या आउँदैनन्।
भोक बढाउँछ
सबेरै पानी पिउँदा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण