Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सबेरै पानी पिउनुका फाइदा

सबेरै पानी पिउनुका फाइदा

स्वास्थ्यका लागि पर्याप्त पानी पिउनु आवश्यक छ भन्ने सबैलाई थाहा छ। तर उठ्नेवित्तिकै पानी पिउनुको फाइदा धेरैलाई थाहा छैन। एकाबिहानै दुई वा ती ग्लास पिउने बानी स्वास्थ्यका लागि ज्यादै राम्रो हो। सबेरै पानी पिउनुका यस्ता फाइदा छन्–

पेट सफा राख्छ

बिहान खाली पेटमा पानी पिउँदा पेट सफा हुन्छ। शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ। कब्जियत समस्या भएकालाई पनि बिहान सबेरै पानी पिउनु फाइदाजनक छ।

छाला चम्किलो बनाउँछ

बिहान सबेरै पानी पिउँदा रगत सफा गराउँछ। यसले छालासम्बन्धी समस्या दूर गर्छ। छालालाई चम्किलो बनाउन पर्याप्त पानी पिउनु जरूरी छ।

मोटोपन घटाउँछ

बिहान खाली पेट पानी पिउँदा शरीरको ‘मेटाबोलिज्म’ बढ्छ। यसले अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।

रोग हटाउँछ

खाली पेट पानी पिउँदा मिर्गौलासम्बन्धी समस्या, टाउको दुखाइ, पेटमा ग्यास भरिने समस्या आउँदैनन्।

भोक बढाउँछ

सबेरै पानी पिउँदा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ।

थप समाचार