दमका बिरामीले चिसाे माैसममा के गर्ने?
चिसो बढेसँगै रुघाखोकी, ज्वरो लगायतका रोगको संक्रमण बढ्छ। अझ दमको समस्या भएकाहरूमा चिसोले थप जटिलता निम्त्याउँछ। चिसोमा श्वासनली खुम्चिनुका साथै कफको समस्या बढ्छ। दमका रोगीहरूले यो समयमा यी कुरामा विशेष सावधानी अपनाउनुपर्छ–
न्यानो कपडा
दमका बिरामीले जाडोमा न्यानो कपडा लगाउनु पर्छ। शरीरलाई जति सकिन्छ, त्यति नै धेरै न्यानो राख्नुपर्छ।
खानपानमा ध्यान
चिसोमा दमका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। तातो तरल पदार्थको सेवन धेरै गर्नुपर्छ। सकेसम्म घरमै बनाएको कम चिल्लो खानेकुरा खानुपर्छ। ताजा फलफूल तथा हरियो साजसब्जी धेरै खानुपर्छ। अमिलो वा कागती खानाले दमको समस्या बढ्दैन।
आगोबाट टाढा
जाडोमा आगो ताप्दा शरीरमा न्यानो हुन्छ। आनन्द आउँछ। तर दमका बिरामीका लागि आगोमा बस्नु हानिकारक हुनसक्छ। आगोबाट आउने धुवाँले दमका बिरामीको स्वास्थ्यमा नकारात्मक असर पार्छ।
घाम लागेपछि बाहिर
बदलिदो मौसम तथा प्रदूषणमा दमका बिरामीले स्वास्थ्यको ध्यान राख्नुपर्छ। त्यसैले साँझबिहान घरबाहिर निस्किनु त्यति उपयुक्त हुँदैन। घाम लागेपछि मात्र बाहिर निस्किनुपर्छ। घरबाट निस्किँदा मास्कको प्रयोग गर्नुपर्छ।
स्टिम लिने
राति सुत्नुअघि स्टिम लिएमा फोक्सोमा जमेको दिनभरको फोहोर बाहिर निस्किन मद्दत पुग्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण