खाना खाएपछि नगर्नुस् यस्ता गल्ती
हरेक मानिसका आ–आफ्ना बानी हुन्छन्। थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्याइरहेका हुन्छन्। केही बानीले मानिसलाई हानि पनि गरिरहेका हुन्छन्।
खाना खाइसकेपछि केही न केही गर्ने धेरै मानिसको बानी हुन्छ। केही यस्ता काम छन् जो खाना खानेबित्तिकै गर्दा शरीरमा गम्भीर असर पुग्न सक्छ। खाना खानेबित्तिकै गर्न नहुने केही काम–
पानी नपिउनुस्
मानव शरीरका लागि अत्यावश्यक मानिन्छ पानी। तर, कुनै बेला यो घातक पनि हुन सक्छ। खाना खानेबित्तिकै पानी नपिउनुस्। यसले पाचनप्रणालीमा असर पुर्याउँछ।
फल नखानुस्
प्राकृतिक रूपमा पाकेका ताजा फल खानु स्वास्थ्यवर्धक मानिन्छ। तर त्यही फल परिस्थितिअनुसार विष पनि बन्न सक्छ। खाना खानेबित्तिकै कुनै पनि प्रकारको फल सेवन गर्नु हानिकारक हुन्छ।
खानेबित्तिकै नसुत्नुस्
खाना खानेबित्तिकै सुतिहाल्ने धेरै मानिसको बानी हुन्छ। यस्तो बानी छ भने हटाइहाल्नुस्। यसले पनि शरीरलाई हानि पुर्याउँछ।
ननुहाउनुस्
खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। बरू नुहाएर खाना खानुचाहिँ स्वास्थ्यवर्धक मानिन्छ।
चुरोट\मदिरा नपिउनुस्
चुरोट पिउनु पनि तपाइँ मात्र होइन नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। खाना खानेबित्तिकै चुरोट पिउँदा त क्यान्सरको खतरा झन् बढ्छ। त्यसै पनि मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक छ। झन् खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले सताउन सक्छ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ