शिशुलाई कहिलेदेखि पिलाउने पानी?
बच्चालाई कुन उमेरदेखि पानी पिलाउन शुरु गर्ने भन्ने विषयमा अभिभावकहरू अनभिज्ञ हुन्छन्। बुझ्नुपर्ने कुरा के भने स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ।
बच्चाले आमाको दूधबाटै ‘हाइड्रेड’ प्राप्त गरिरहेको हुन्छ। त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।
नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या आउन सक्छ।
शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दूध नै मन नपराउनसक्छ।
पानी पिलाउँदा नवजात शिशुकाे तौलमा कमी आउन सक्छ।
६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिस हुनसक्ने सम्भावना बढ्छ।
चार महिनापछि भने बच्चालाई थाेरै पानी पिलाउन पनि सकिन्छ। तर पानीमा बढी जोड दिनुहुँदैन।
जब बच्चाले ठोस खाना खान थाल्छ, तब मात्र पानी पिउन सक्ने हुन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड