पैदल हिँड्नुस्, आयु बढाउनुस्
शरीर स्वस्थ राख्न निमयमित हिँड्नुपर्छ। पैदल हिँड्नु आफैँमा व्यायाम हो। तीव्र गतिमा हिँड्दा शरीरका अंगहरू समुचित ढंगले सञ्चालन हुन्छ। शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ। रक्तप्रवाह राम्ररी हुन पाउँछ।
दिनमा कम्तीमा ३० मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ। पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप–२ मधुमेह नियन्त्रणमा हुन्छ। जोर्नीको दुखाइ , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम कम हुन्छ।
हिँडडुल गर्नाले मोटोपनाको समस्या भएका व्यक्ति, वृद्धवृद्धा तथा लामो समय निस्क्रिय जीवन बिताइरहेका मानिसको लागि समेत फाइदाजनक हुन्छ। यसले उनीहरुको शारीरिक गतिविधि बढाउँछ।
एक अध्ययनअनुसार पैदल हिँड्नाले मुटुरोग लाग्ने जोखिम ३१ प्रतिशतसम्म कम हुन्छ। मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने खतरा ३२ प्रतिशत कम हुन्छ। क्यान्सर सोसाइटीका अनुसन्धानकर्ताहका अनुसार सातामा औसत छ घण्टा वा सो भन्दा बढी पैदल हिँड्ने व्यक्तिको आयु लामो हुन्छ।
हिँडाइ कम भएमा यी उपाय अपनाउन सकिन्छ–
लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने।
सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडि नै ओर्लिने।
नजिकैको ठाउँ जानु परेमा हिँडेरै जाने।
हिँड्दा लामो लामो पाइला चाल्नुपर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’