पाचन क्षमता बढाउने उपाय
हामीले खाएका खानेकुराले शरीरलाई उर्जा दिन्छ। त्यही ऊर्जाले हामी सक्रिय हुन्छौँ। खानालाई उर्जामा बदल्ने प्रक्रियालाई ‘मोटाबोलिज्म’ भनिन्छ।
मानिसको स्वास्थ्य अनुसार पाचन क्षमता अर्थात् मोटाबोलिज्म क्षमता कसैमा बढी र कसैमा कम हुनसक्छ। मोटाबोलिज्म दर बढी भए शरीरमा पर्याप्त उर्जा हुन्छ।
हाम्रो दिनचर्या, शारीरिक गतिविधि, खानपान आदिले शरीरमा मोटाबोलिज्म कम वा बढी हुने हो। पाचन क्षमता बढाउने केही उपाय
समयमा सुत्ने र उठ्ने
पर्याप्त निद्रा लिनुपर्छ, ७ देखि ८ घण्टासम्म। राति चाडै सुत्ने रबिहान सबेरै उठ्ने बनाी गर्नुपर्छ। चाँडो उठ्ने बहानामा कम निद्रा सुत्नु हानिकारक हुन्छ।
उठ्नेवित्तिकै पानी
बिहान उठ्नेवित्तिकै खाली पेटमा मनतातो पानी पिउनुपर्छ, एक वा दुई गिलास। कागती पानी अझ राम्रो हो। यसले हाम्रो पाचन यन्त्रलाई सफा मात्र गर्दैन, प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ।
मसल्स स्ट्रेचिङ
बिहान उठेर योग, एरोबिक्स वा अन्य शारीरिक गतिविधि गर्नुपर्छ। यसले मोटाबोलिज्म दर बढाउँछ।
प्रोटिनयुक्त नास्ता
बिहान अनिवार्य नास्ता गर्नैपर्छ। बिहानको नास्ताले दिनभरको लागि शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ । नास्तामा हल्का र प्रोटिनयुक्त खानेकुरा उपयुक्त हुन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’