याेगले फाइदा मात्र हाेइन हानि पनि गर्नसक्छ, बुझ्नैपर्ने कुरा
भनिरहनु पर्दैन, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग गर्नु अत्यन्त फाइदाजनक छ। नियमित योग अभ्यासले शरीरलाई चुस्त, स्फूर्त राख्न मद्दत गर्छ। त्यसैले स्वास्थ्यप्रति सचेत जोकोहीले अचेल योगाभ्यास गर्न थालेका छन्।
तर योग सधैँ फाइदाजनक मात्र हुँदैन। कतिपय अवस्थामा योग गर्नु घातक हुनसक्छ। विधि, समय, फाइदा–बेफाइदाबारे ज्ञान नभई योग गर्नु हानिकारक हुनसक्छ। त्यसैले योग गर्नुअघि यी कुरा बुझ्न आवश्यक छ–
सबैका लागि उपयोगी हुँदैन
योगका विभिन्न विधि एवं आसन हुन्छन्। सबै आसन सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन। विशेषगरी गर्भवती, रोगी, शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप भएकाहरूलाई कतिपय आसनले उल्टो असर पुर्याउँछ। त्यसैले कुन रोगका लागि कस्तो योगासन गर्ने थाहा हुनैपर्छ।
समय नमिल्दा
योग गर्नका लागि उपयुक्त समय हो, बिहान। अझ सूर्योदयअघि। योग अन्य समयमा पनि गर्न त सकिन्छ। तर पेट भरि बनाएर योग गर्दा कतिपय आसनले उल्टो असर हुन्छ। खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नु हुँदैन। योग गर्नु तीन घण्टाअघि र एक घण्टापछि केहि खानेकुरा खान नहुने बताइन्छ।
स्थान
जुन पायो त्यही ठाउँमा बसेर योग गर्नु उचित हुँदैन। योग गर्ने स्थान शान्त, स्वच्छ हुनुपर्छ। योग गर्ने स्थानमा प्रदूषण हुनुहुँदैन। पर्याप्त हावा आउजाउ गर्ने ठाँउ योगका लागि अनुकुल हुन्छ। सकेसम्म बगैंचा, छत, खुला कोठा आदिमा योग गर्न सकिन्छ। फोहोर वा प्रदूषित वातावरणमा गरिने योगले उल्टो असर पार्न सक्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य