मुटुरोगलाई निम्तो दिने यी बानी
हामी धेरैजसोले सुनेकै कुरा हो विलासी जीवनशैली, गलत खानपान, धूमपान, मद्यपान र रातो मासुको सेवनले मुटुलाई असर गर्छ। मुटुलाई हानि पुर्याउने तत्त्व यी मात्र होइनन्, अरु पनि छन्। हामीले दैनिक जीवनयापनका क्रममा गर्ने गल्तीले मुटुरोगलाई निम्तो दिइरहेको हुन्छ।
नुनको अधिक सेवन
नुन सेवनले शरीरमा पानीको मात्रा बढाउँछ। यसका कारण रगत पातलो हुन्छ। शरीरमा धेरै रगत उत्पादन हुन्छ। शरीरमा ज्यादा रगत उत्पादन भएमा मुटुमा दबाब पर्छ। त्यसले हृदयाघात हुने सम्भावना बढ्छ।
मुखको सफाइमा हेलचेक्राइँ
मुखको सफाइ राम्ररी नहुनुले पनि मुटुको समस्या बढ्छ। सझाइमा ध्यान नदिँदा मुखमा ब्याक्टेरिया उत्पन्न हुन्छ। ब्याक्टेरिया मुखबाट घाँटी हुँदै मुटुमा पुुग्छ । त्यसैले मुटु स्वस्थ राख्नका लागि पनि दाँतका साथै मुखको सफाइ अत्यन्त जरुरी छ।
अपूर्ण निद्रा
निद्रा र मुटुको बीच प्रत्यक्ष सम्बन्ध हुन्छ। निर्धक्क साथ सुत्न नसक्ने मानिस तथा तनावका कारण निद्रा खल्बलिए रक्तचाप स्वतः बढ्छ। निद्रा खल्बलिनाले मानिस दिनभर तनावमा रहन्छ। यसले मुटुमा दवाव उत्पन्न भई मुटुमा समस्या निम्त्याउँछ।
कामको चाप
मुटुको समस्या बढाउने कारणमध्ये एक हो, कामको चाप लामो समयसम्म तनावमा रहनाले मुटुको गति तिव्र हुनुका साथै रक्तचाप बढ्छ। जसका कारण रक्तधमनीमा समस्या उत्पन्न हुनेसमस्या उत्पन्न हुन्छ। कामकै बिचमा लामो सास लिने, केही समय टहलिने र केही समय आफूलाई मन परेको काममा लाग्ने गर्दा पनि ‘फ्रेस’ हुन सकिन्छ।
घण्टौ टिभी वा कम्प्युरमा बस्ने
लामो समयसम्म एकै ठाउँमा बसेर टिभी हेर्ने, कम्प्युटरमा काम गर्ने बानी पनि मुटुका लागि घातक सावित हुन सक्छ। हरेक ३० मिनेटमा केही समयका लागि भएपनि यताउता डुल्न सुझाव दिइन्छ। एकै ठाँउमा लामो समय बसेर टिभी हेर्नाले वा कम्प्युरमा काम गर्दा मुटुको धमनीमा अवरोध खडा भई मानिसको ज्यान समेत जानसक्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य