Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

३० वर्ष कटेपछि गराउनुस् नियिमत यी जाँच

३० वर्ष कटेपछि गराउनुस् नियिमत यी जाँच

बढ्दो उमेरसँगै शरीरमा विभिन्न समस्याले सताउँछ। अझ अहिले त अप्राकृतिक खानपान र जीवनशैलीले मानिसहरू कम उमेरमै राेगी बन्ने गरेका छन्। वेलावेलामा स्वास्थ्य परीक्षण गर्ने हो भने समयमै रोगको पहिचान हुन्छ र वेलैमा उपचार हुनसक्छ।

प्रारम्भिक चरणमै रोग निदान भए उपचार पनि सहज हुन्छ। त्यसैले चिकित्सकहरू सल्लाह दिन्छन्, ३० उमेर कटेपछि नियमित यी परीक्षण गराउनुस्–

रक्तचाप

वेलावेलामा रक्तचाप परीक्षण गराइराख्नुपर्छ। रक्तचापमा आएको गडबडीका कारण उच्च रक्तचापको खतरा बढ्नसक्छ। उच्च रक्तचापका कारण मुटुरोग, पक्षघात, हृदयाघात, स्ट्रोक तथा मृगौलासम्बन्धी गम्भीर रोग लाग्न सक्छ।

मधुमेह

गलत खानपान तथा परिवर्तित जीवनशैलीका कारण अचेल थुप्रैलाई मधुमेह देखिएको छ। मधुमेह भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। स्वस्थ मानिसले पनि वर्षमा कम्तीमा एकपटक रक्तपरीक्षण गर्नुपर्छ।

पाठेघरको मुखको जाँच

नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक हो। पाठेघरको मुखमा क्यान्सर भएकाे वा नभएको पत्ता लगाउन पाठेघरको मुखको ‘स्क्रिनिङ’ गरिन्छ।

पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन ‘प्याप स्मेयर’ जाँच गर्न सकिन्छ । ३० वर्षको उमेर कटेपछि हरेक तीन वर्षमा एक पटक पाठेघरको मुखको जाच गराउनुपर्छ।

थाइराइड

विशेषगरी ३५ वर्षपछि महिलालाई थाइराइडको खतरा हुन्छ। अचानक तौल बढ्नु र तनाव हुनुलगायत थाइराइडको लक्षण हो। थाइराइड जाँचका लागि रक्तपरीक्षण आवश्यक छ।

स्तन क्यान्सर स्क्रिनिङ

विशेषगरी ४० वर्ष पार गरेका महिलालाई हरेक दुई वर्षमा स्तन जाँच गराउने सल्लाह दिइन्छ। स्तन क्यान्सर भएमा समयमै पत्ता लागोस् र उपचार गर्न सजिलो होस् भन्ने यसकाे उद्देश्य हाे। मेमोग्राफमार्फत स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ।

कोलेस्ट्रोल

निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये कोलेस्ट्रोल पनि एक हो। विलासी,जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ। यसले मुटुसम्बन्धी समस्या पनि निम्त्याउँछ।

 

थप समाचार